Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

डलरको भाउ अहिलेसम्मकै उच्च


काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ ९बिक्रीदर० १३५ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ९० पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि डलरको भाउले १३५ रुपैयाँ ३७ पैसा पुगेर कीर्तिमान कायम गरेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ ९भारु० निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट