सुनको मूल्यमा भारी गिरावट, तोलामै १५ हजार नौ सय रुपैयाँ घट्यो
काठमाडौं, १० मङ्सिर । सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ । आज चाँदी हिजोको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया