Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तमा चलखेल भयो : बर्षमान पुन


काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

यसैबीच माओवादीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले त धितोपत्र बोर्डकै अध्यक्ष नियुक्तीलाई लिएर सरकार ढालेको आरोप लगाएका छन् । उनले एउटा शक्तिशाली समूहले सरकारका नियामकीय निकाय कब्जा गरेको र अब छिट्टै राष्ट्र बैंकको गभर्नरमा पनि त्यही समूहकै सदस्य नियुक्ती हुने जिकिर गरेका छन् ।

गत वर्ष रमेशकुमार हमालको पदावधि सकिएपछि रिक्त रहेको पदमा पदपूर्ति नहुँदा शेयर निस्कासनको अनुमति तथा दीर्घकालिन योजानाका काम प्रभावित हुँदै आएका छन् । धितोपत्र बोर्डको अध्यक्ष निकै शक्तिशाली मानिन्छ । यसमा करोड मात्रै नभई अर्बौँ रुपैयाँको खेल भएको उनको आरोप छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले अस्ति सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेको थियो । श्रेष्ठ पेट्रोल पम्प व्यवसायी हुन्। उनी यअसघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य पनि थिए।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट