३३ अंकले बढ्यो सेयर बजार
काठमाडौं, ११ मंसिर । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ ।
आज २११ कम्पनीको मूल्य बढ्यो । यसमध्ये तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई मार्दी र कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । मंगलबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।६२ प्रतिशतले बढ्यो ।
आज एक करोड ४२ दाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा सात अर्ब ४४ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया