Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

सुनको मूल्यमा वृद्धि


काठमाडौं, १२ मङ्सिर । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपियाँमा कारोबार भइरहेको जनाएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपियाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्यमा १० रुपियाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपियाँमा कारोबारो भएको महासंघले जनाएको छ ।

मङ्गलबार चाँदी प्रतितोला १८ सय २० रूपियाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट