तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौं, मङ्सिर १४ गते । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रूपैयाँ बढेको हो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया