सुन–चाँदीको मूल्य घट्यो
काठमाडौं, १६ मंसिर । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया