शेयर बजारमा निरन्तर गिरावट, ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ विन्दुमा झरेको छ । फाइनान्स, लगानी, उत्पादन, म्युचुअल फण्ड र अन्य समूहको शेयर सामान्य बढेपनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज इमर्जिङ नेपाल कम्पनीको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । आज एक करोड १५ लाख २३ हजार कित्ता शेयर पाँच अर्ब ६२ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया