Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति हुने संसारकै पहिलो अर्बपति


एलन मस्कको कुल सम्पत्ति ४०० अर्ब डलर नाघेको छ । योसँगै मस्क ४०० अर्ब डलरको कुल सम्पत्ति हुने विश्वकै पहिलो अर्बपति बनेका छन्। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको जितपछि मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो ।

मस्कको निजी स्वामित्वको कम्पनी स्पेसएक्सको शेयरको आन्तरिक बिक्रीका कारण मस्कको सम्पत्ति बढेको हो । यसरी, मस्कको सम्पत्ति ५० अर्ब डलरले बढेर ४०० अर्ब डलर नाघेको छ ।

मस्कको कम्पनी टेस्ला इंकको शेयर पनि बुधबार सर्वकालीन उच्च स्तरमा पुग्यो । यसका साथै, मस्कको कुल सम्पत्ति ४४७ अर्ब डलर पुगेको हो ।

यसैगरी, मस्कको सम्पत्ति एकै दिनमा ६२.८ बिलियन डलरले बढेको छ । त्यसपछि, विश्वका ५०० धनी व्यक्तिहरूको संयुक्त सम्पत्ति १० खर्ब डलर पुगेको छ । यस्तो, विश्वको इतिहासमा नै पहिलो पटक भएको हो । विश्व बैंकको तथ्यांक अनुसार विश्वका धनी ५०० व्यक्तिहरूको संयुक्त सम्पत्ति गत वर्ष जर्मनी, जापान र अष्ट्रेलियाको संयुक्त कुल गार्हस्थ उत्पादनको आकार बराबरमा पुगेको छ ।

सन् २०२४ मा एलन मस्कको कुल सम्पत्ति करिब २१८ अर्ब डलरले बढेको छ । जुन विश्वका बाँकी धनी व्यक्तिहरूको तुलनामा सबैभन्दा बढी हो।

टेस्लाको शेयरले मस्कको सम्पत्तिको ठूलो हिस्सा ओगट्छ। यो वर्ष टेस्लाको शेयर ७१ प्रतिशतले बढेको छ । बुधबार यो शेयर २०२१ यताकै उच्चस्तरमा पुगेर ४२४.७७ डलरमा बन्द भएको छ।

ट्रम्पको आगमनसँगै, अब मस्कले इलेक्ट्रिक गाडीहरूका लागि कर क्रेडिट हटाउने आशा गरिएको छ । यसबाट टेस्लाको शेयरमा थप वृद्धि हुन सक्ने अनुमान गरिएको छ। मस्कले ट्रम्प सरकारमा दक्षता विभागको पनि जिम्मेवारी सम्हाल्नेछन्। यद्यपि, यो सरकारी पद नहुने भएतापनि यसले मस्कलाई ओभल अफिसमा सिधै पहुँच दिनेछ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट