करिब आठ अर्बको सेयर निष्कासन अनुमति
काठमाडौँ, ३० मङ्सिर । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद सेयर र एक अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड गरी कुल सात अर्ब ७९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
समीक्षा अवधिमा तीन अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख बराबरको एफपिओ गरी कुल सात अर्ब ५८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
२०८० कात्तिक मसान्तमा एक हजार ८५२.०९ रहेको नेप्से सूचकाङ्क २०८१ कात्तिक मसान्तमा दुई हजार ७४८.७९ कायम भएको छ । चालु आवको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रहेको थियो ।
गत कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २६७ पुगेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया