शेयरबजारमा पहिरो, नेप्से सूचक २६ सय ३० विन्दुमा
काठमाडौं । पुसको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ९१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज तीन सय चार वटा कम्पनीका एक करोड २७ लाख कित्ता शेयर पाँच अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएको छन् । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया