शेयर बजार घट्यो, नेप्से ३३ अङ्कले घटेर २५ सय ७६ विन्दुमा
काठमाडौं । आज शेयबजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव शून्य आठ अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतवार पनि शेयर बजार २१ अङ्कले घटेको थियो ।
आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, वित्त, होटल, जलविद्युत्, बीमा, उत्पादन, लघुवित्त, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सपोर्ट लघुवित्त, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नदीप लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै चार प्रतिशतले बढेको छ ।
आज कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन पाँच अर्ब ४७ करोडको शेयर कारोबार भएकोमा आज तीन सय आठ वटा कम्पनीका एक करोड ३१ लाख कित्ता शेयर पाँच अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया