Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम साढे २ महिना यताकै कम


काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज बैंक, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने निकै घटेको छ । हिजो पाँच अर्ब ६७ करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका ९४ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट