Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

नेपाल माइक्रो इन्स्योरेन्सले माघमा आइपीओ निष्कासन गर्ने


काठमाडौं, २८ पुस । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ।

सो पछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

उक्त आइप्ओिमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

माघ २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आइपीओमा आवेदन दिन सक्नेछन्।

केयर रेटिङ नेपालले कम्पनीलाई ुकेयर एनपी डबल बी माइनस इस्युअरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

सो सेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट