Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

नेप्से १५ अङ्कले घट्यो


काठमाडौं, २९ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १५.५४ अंकले घटेर दुई हजार ५ सय ९४ दशमलव १३ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार सोमबार ६ अर्ब ६५ करोड ८ लाख बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका मध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ वटाको घटेको छ । ५ कम्पनीको शेयरमूल्य यथावत रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी बाराही हाइड्रोपावर पब्लिक लिमिटेड रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट