Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

शिवम् सिमेन्टले गुणस्तरहीन सिमेन्ट विक्री गर्दै, ग्राहक ठग्दै


काठमाडौं । निर्माण सम्बन्धी अति महत्वपूर्ण कच्चा पदार्थमध्ये सिमेन्टको आफ्नै विशेषता छ । निर्माण समाग्रीहरु कच्चा पदार्थहरुको उत्पादन ठेक्का लिएका शिवम् सिमेन्टले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठगी गर्दै आइरहेको खुलासा भएको छ । हाल बजारमा रहेको सिमेन्ट पछिल्लो समय आकर्षक विज्ञापन गरेर विक्री वितरण गर्दै आए पनि गुणस्तहीन भएको खुलासा भएको हो ।

कर्पोरेट मिडियामा अत्याधिक लगानीका कारणले अधिक प्रचार प्रसार गरे पनि गुणस्तरहीन सिमेन्ट विक्री वितरण गरेको आम उपभोक्ताको गुनासो रहेको छ । उपभोक्ता मात्र नभएर सिमेन्टको काम गर्ने मिस्त्री लेवरले समेत शिबम् सिमेन्ट खरिद नगर्न सुझाउने गरेका छन् ।

शिवम् उद्योगले करोडौको विभिन्न सोसल मिडिया र अनलाइन न्युज पोर्टलहरूमा विज्ञापन गरेर सर्वसाधारण जनताहरूलाई शिवम् सिमेन्टले नयाँ ठगीधन्दा अगाडि सारेको ती प्राविधकले जनाएका छन् । विज्ञापनमा आकर्षक योजना सार्वजनिक गरी गुणस्तरहीन सिमेन्ट विक्री वितरण गरिरहेको आम उपभोक्ताको दाबी छ ।

विज्ञापनको नारा मात्र, परिमाणमा कम्प्रमाइज :

शक्ति र पैसा भएपछि देशमा विद्यमान कानुनलाई समेत हातमा लिई शिबम् सिमेन्टले गुणस्तरहीन बस्तुको उत्पादन गरी उपभोक्तालाई ठगी गर्दा समेत सरकारले कारबाही गर्न सकेको छैन ।

पटक–पटकको चेक जाँचबाट गुणस्तरहीन बस्तु उत्पादन गरी बिक्री वितरण गरेको भन्दै सरकारी निकायबाटै कारबाहीको माग गर्दा पनि कारबाही नहुँदा उपभोक्ताहरु गुणस्तरहीन सिमेन्ट खरिद गर्न बाध्य भएका छन् ।

सरकारी ऐन कानुनले समेत नछुने शिबम् सिमेन्टका मालिकलाई उपभोक्ताहरूले गरेको कारबाहीको मागले के सुनुवाइ हुन्थ्यो होला र ?

स्वदेशी सिमेन्ट उत्पादन भन्दै सरकारसँग समेत सहुलियत लिँदै गुणस्तरहीन सिमेन्ट उत्पादन गरी उपभोक्तालाई ठगी गर्ने शिवम सिमेन्टलाई कारबाही गर्न जरूरी देखिन्छ । यसले सरकारलाई बुझाउने कर समेत नदिएर अदालतमा सेटिङ गरेको छ ।

आफ्नै ढुङ्गाखानी रहेको दावी गर्दै प्रचारवाजी गरेर ग्राहकलाई भ्रममा पार्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु एकपछि अर्को गरी बाहिर आउने क्रम जारी रहेको छ । नेट तौल भनेर प्याकिङ गरेको ५० किलोको बोरामा ४८ किलो मात्र सिमेन्ट भेटिएको एक उपोभक्ताले बताएका छन् ।

गुणस्तरमा गडवडी :
सिमेन्ट उत्पादन गरेको विषयमा विवादीत सो कम्पनीबाट उत्पादित शिवम् सिमन्टले सिमेन्ट बनाउने कमसल किल्ङकर भारतबाट ल्याउने गरेको छ ।

भारतबाट कमसल कच्चा पदार्थ ल्याई नेपालमै उत्पादन गरेको भनी ग्राहकलाई झुक्याउने शिवमको भ्रमपूर्ण बजार नीतिका कारण उपभोक्ताहरुले दुःख पाइरहेको स्रोतले बताएको छ । शिवम् सिमन्टको पछिल्ला केही घटनाहरुले यी दुवै वस्तुप्रति शंका उब्जाएको छ ।

‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ यो नारा शिवम् सिमेन्टको हो । उसले करोडौ रुपैयाँ विज्ञापन र वजार प्रवद्र्धनमा खर्च गरेको पाइन्छ । तर, उसकै उत्पादनमा कमजोरी भेटिरहेको छ ।

शिवम् सिमन्ट कम्पनीहरुबाट कमसल सामानको उत्पादन गरेर उपभोक्तालाई ठग्ने कार्य बढ्दो रहेको छ । उपभोक्ता ठगी गर्ने कार्यमा पनि नयाँ–नयाँ तरिका उद्योग र व्यापारीले अपनाएको भेटिदै आएको पाइन्छ ।

केही समय पहिले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागद्वारा गरिएको अनुगमनका क्रममा व्यापारीले सिमेन्टमा व्यापक ठगी गर्ने गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

सो प्रतिवेदनका आधारमा सरकारले कारबाही नगर्दा ठगी कार्यमा समेत तीव्रता आएको हो । विभागको अनुगमन टोलीले राजधानी लगायत देशका विभिन्न स्थानमा गरेको अनुगमनबाट व्यापारीहरुले सिमेन्टमा ठगी गर्ने गरेको पाइएको प्रतिवेदन तयार गरेको थियो ।

नापतौलमा गडवडी :
अनुगमनको क्रममा शिवम् सिमन्टले ५० किलोग्राम हुनुपर्ने बोरामा ८ किलो कम तौल राखेर बिक्री गरेको समेत भेटिएको थियो ।

उपभोक्ताहरुलाई लोभ देखाउँदै विभिन्न उपहारहरु दिने घोषणा गरेर बजारमा आएका सो सिमेन्ट खरिद गर्ने उपभोक्ता सुरुका दिनदेखि नै ठगिँदै आएको गुनासो समेत उपभोक्ताहरु गरिरहेका छन् ।

गोयल समूहद्वारा उत्पादित शिवम् सिमेन्ट खरिद गर्नेहरु यसरी ठगिनु परेको छ । विभागले गरेको अनुगमनपछि शिवम् सिमेन्टको ठगी धन्दा बाहिर आएको थियो ।

यी पनि पढ्नुहोस,

शिवम् सिमेन्ट र स्थानीय तहबीच कर विवाद गिजोलिंदै

 सिमेन्टको कर विवादः न्यायाधीश सपना मल्लको विवादास्पद निर्णय

दुई अर्ब ३४ करोड विद्युतको बिल नतिरी शिवम् सिमेन्टले ग-यो लाभांश घोषणा

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट