कृषि बिकास बैंकले बार्षिकोत्सवको अबसरमा कर्जा ब्याज तथा सेवा शुल्कमा छुट दिने
काठमाडौँ । कृषि बिकास बैंकले आफ्नो ५८ औँ बार्षिकत्सवको अवसरमा सेवा तथा ब्याज शुल्कमा छुट दिने भएको छ । बैैंकले बार्षिकाेत्सवको अबसरमा नयाँ कर्जा ग्राहकलाई सहुलियत तथा छुट योजना सार्वजनिक गरेको हो । सीमित अवधिको लागि तय भएको छुट योजनामा सबै प्रकारको कर्जाको आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम जोडिने जनाइएको छ । त्यस्तै कृषि कर्जा तथा कृषिमा आधारित ब्यावसायिक परियोजनाहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट हुने ब्यवस्था गरिएको छ ।
कर्जा माग गर्ने अवधि भने माघ मसान्तसम्म रहने बैंकले जनाएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया