Techie IT
Samayabaddha
आईतबार, ६ माघ, २०८१

सेयर बजार १२ अङ्कले बढ्यो


काठमाडौं, ६ माघ । सेयर बजार आइतबार १२ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन बजार परिसूचक १२.५८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २६०१.२१ को विन्दुमा उक्लिएको छ ।

१७१ कम्पनीको सेयर मूल्य बढेको छ । ६८ कम्पनीको सेयर मूल्य घटेको छ । बोट्लर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

विन नेपाल लघुवित्त, सामलिङ पावर कम्पनी, नेपाल रिपब्लिक मिडिया कमाउनेमा शीर्ष स्थानमा रहे । यस दिन ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर खरिद–बिक्री भएको हो ।

समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, म्युचअल फन्ड तथा व्यापारको सेयर मूल्य घट्यो । बाँकी समूहको सेयर मूल्य बढ्यो । फाइनान्स समूह २.३२ प्रतिशत तथा म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेयर मूल्य २.५७ प्रतिशतले बढ्यो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट