अमेरिकामा टिकटक प्रतिबन्धको फाइदा उठाउँदै मेटाले ल्यायो नयाँ एप
अमेरिकामा केही समयको लागि टिकटक प्रतिबन्धित भयो। यद्धपी केहि समयमा नै डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि टिकटक फेरि चल्न थाल्यो । तर, अब टिकटक कम्पनीको ५० प्रतिशत अमेरिकाको स्वामित्व हुनेछ।
सोहि समयमा, मौकाको फाइदा उठाउँदै इन्स्टाग्रामले नयाँ एपको घोषणा गरेको छ।
नेपालमा पनि टिकटक केहि समय प्रतिबन्ध गरिएको थियो । गत वर्षको कात्तिक २७ गते, मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्धपी, नेपाल सरकारले त्यसको ९ महिनापछि भने प्रतिबन्ध फुकुवा गरेको थियो । नेपालमा टिकटक यो वर्षको भदौ ६ बाट पुनः चल्न सुरू भएको हो । सो समयमा इन्स्टाग्रामको रिल्सले राम्रो ठाउँ बनाएको थियो ।
यसअघि पनि, भारतमा टिकटक प्रतिबन्धित भएपछि, इन्स्टाग्रामले रील्स सुरु गरेको थियो। त्यसैगरी, जब एक्स(पहिले ट्विटर) भारतमा प्रतिबन्धित थियो, मेटाले तुरुन्तै ह्को प्रतिद्वन्द्वी थ्रेड एपको सुरुवात गरेको थियो। यद्यपि, केही दिनको लोकप्रियता पछि, यो एप हराएर गयो। तर, रीलहरू भने जोडतोडका साथ चलिरह्यो ।
यसलाई प्रतिलिपि भनौँ वा अवसरको फाइदा उठाउँदै, यस पटक पनि कम्पनीले त्यस्तै गरेको छ।
टिकटकसँगै, क्यापकट एप पनि अमेरिकी एप स्टोर र प्ले स्टोरबाट हटाइएको थियो। यो एप पनि टिकटकको हो जुन बाइटडान्सले बनाएको हो। इन्स्टाग्रामले यो अवसरको पूर्ण फाइदा उठाएको छ।
एडिट एप सार्वजनिक
यसैबीच, इन्स्टाग्रामको मूल कम्पनी मेटाले नयाँ एप एडिट ल्याएको छ। यो एपलाई क्यापकटको क्लोन भनिएको छ। बाइटडान्सको सम्पादन एप क्यापकट टिकटकको स्वामित्वमा रहेको छ। टिकटक र क्यापकट हाल अमेरिकामा धेरै लोकप्रिय छन्।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले एडिट एप अर्को महिनादेखि आईओएसमा उपलब्ध हुनेछ र पछि एन्ड्रोइडका लागि पनि लन्च गरिने उनले बताएका छन्।
एडिट एप एक पूर्ण मोबाइल भिडियो सम्पादन गर्ने सफ्टवेयर हो। कम्पनीले यो क्रियटर्सहरूको लागि सम्भव भएसम्मको उत्तम उपकरण भएको बताएको छ। यस एपमा रचनात्मक उपकरणहरू पाउन सकिनेछ। यसमा धेरै ट्याबहरू हुनेछन् जसमा इन्स्पिरेशन पनि समावेश छ जहाँ धेरै प्रकारका विचारहरू पाइनेछन्।
यस एप मार्फत् सम्पादन गरिएका भिडियोहरूलाई ड्राफ्टमा राखेर पनि साथीहरूसँग पनि सेयर गर्न सकिन्छ। यसको अर्थ आधा सम्पादन गरिएको भिडियो पनि साथी वा कम्पनीलाई सहयोगको लागि पठाउन सकिन्छ ताकि त्यो सम्पादन गरिएको भिडियोमा थप शटहरू थप्न सकियोस्।
इन्स्टाग्रामका अनुसार, सिर्जनाकर्ताहरूले एडिट एप मार्फत् सम्पादन गरिएका भिडियोहरू इन्स्टाग्राममा पोष्ट गरेपछि कस्तो प्रदर्शन गरिरहेका छन् भनेर पनि जान्न सक्नेछन्।
कम्पनीले एडिट एप अनौपचारिक भिडियो निर्माताहरू भन्दा क्रियटर्सहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको स्पष्ट पारेको छ । यसको अर्थ, यसमा क्रियटर्सहरूसँग सम्बन्धित उपकरणहरू हुनेछन् जसले रीलहरू सम्पादन गर्न मद्दत गर्नेछ। त्यहाँ एउटा भिडियो सम्पादनहरू ट्र्याक गर्न सकिने ड्यासबोर्ड पनि हुनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया