शेयरबजारमा दोहोरो अङ्कको गिरावट
काठमाडौं, १३ माघ । साताको पहिलो दिन आइतबार शेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ । बजारमापक परिसूचक नेप्से १०.४२ अङ्कले घटेर २६४३.९३ को बिन्दुमा झरेको छ ।
कारोबारमा आएका ३ सय १८ कम्पनीमध्ये १ सय ५३ कम्पनीको शेयरमूल्य घटेको छ । १ सय ४७ कम्पनीको शेयरमूल्य बढ्दा १७ कम्पनीको मूल्य यथावत् रह्यो । तीनवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो भने पाँचवटा कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यस दिन ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया