सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, १५ माघ । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु. ९०० सयले घटेको छ ।
आज एक तोला छापावाल सुनको मोल रु. एक लाख ५९ हजार २०० कायम भएको महासङ्घले जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार रु. एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।
यसैगरी, सोमबार रु. एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु. १५ ले घटेर रु। एक हजार ८३५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया