Techie IT
Samayabaddha
बिहीबार, १७ माघ, २०८१

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो


काठमाडौं, १५ माघ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सको आईपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

यो आईपीओमा एनआईएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो । २०८० साल जेठ ८ मा नेपाल बिमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृति प्राप्त गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० साल जेठ १० मा कारोबारको स्वीकृति प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरूपमा स्थापना भएको हो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट