Techie IT
Samayabaddha
शुक्रबार, १८ माघ, २०८१

ब्राजिलले पनि अमेरिकी अतिरिक्त भन्सारको जवाफ त्यसैगरी दिने


काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले संयुक्त राज्य अमेरिकाले उनको देशमा अतिरिक्त भन्सार कर लगायो भने ब्राजिलले पनि त्यस्तै प्रतिक्रिया जनाउने चेतावनी दिएका छन् ।

बिहीबार राजधानी ब्रासिलियामा एक पत्रकार सम्मेलनमा बोल्दै लुलाले यस्तो भनेका हुन् । देशले पारस्परिक सम्मानमा आधारित सम्बन्ध ब्राजिलले खोजेको बताउँदै लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नो कुरो नमान्ने देश विरुद्ध अतिरिक्त भन्सार शुल्क बढाउने चेतावनीको जवाफ दिए ।

लुलाले ट्रम्प अमेरिका चलाउन निर्वाचित भएका छन् भन् म ब्राजिल चलाउन निर्वाचित भएको बताए ।

साथै उनले आफूले अमेरिकाको सम्मान गरेजस्तै ट्रम्पले पनि ब्राजिलको सम्मान गरेको हेर्न चाहेको बताए ।


क्याटेगोरी : अन्तर्वार्ता, अर्थ

प्रतिक्रिया


ताजा अपडेट