कृषि विकास बैंक कर्मचारी संगठन, नेपाल केन्द्रीय समितिद्वारा आयोजना गरिने व्याडमिन्टन प्रतियोगिताको तयारी पूरा
काठमाडौं । कृषि विकास बैंकको ५८ औं बार्षिक उत्सवको अवसरमा माघ २१ गते सोमबार बाट कृषि विकास बैंक कर्मचारी संगठन नेपाल, केन्द्रीय समितिको आयोजनामा हुन लागेको व्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । केन्द्रीय समितिले बैंकमा आइतबार एक कार्यक्रमको आयोजना गरेर व्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
२१ गते देखि २३ गते सम्म चन्द्रागिरी न.पा. ७ को माहांकाल ब्याडमिन्टन कभर्डहलमा हुने प्रतियोगीतामा केन्द्र, उपत्यका र सात वटै प्रदेशको गरी १ सय ३० बढी महिला र पुरुष खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । ब्याडमिन्टन प्रतियोगीता, मैत्रीपुर्ण र प्रतिस्पर्धात्मक गरेर २ प्रकारले हुने भएको छ ।
उद्घाटन शत्रमा कृषि विकास बैंकका सम्पुर्ण संघ संगठनका पदाधिकारी, कृयाशील, भुपु सिनियरदेखि जुनियर कर्मचारीसम्मको मैत्रीपूर्ण ब्याडमिन्टन खेल हुनेछ । त्यसपछि सातवटै प्रदेशका सहभागी खेलाडीहरुको खेलका साथै विभिन्न संघसंस्थाहरुबीच कर्पोरेट स्तरीय प्रतियोगिता हुने छ । प्रतियोगितामा सहभागी भई विजेता हुने समूहलाई ट्रफीका साथै मेडल तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउँदै कृषि विकास बैंक कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणी घिमिरेले सधैभरी काममा ब्यस्त रहने कर्मचारीहरुको खेलले शारिरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत पुग्ने वताउँदै बैंकको बृद्धि विकासमा पनि टेवा पुग्ने उल्लेख गरे ।
उक्त कर्मचारी संगठनले २०७२ साल देखि निरन्तर रुपमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगीता गर्दै आएको छ ।
व्याडमिन्टन प्रतियोगीताको उद्घाटन कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र राष्ट्रिय कर्मचारी महासंघका महासचिव प्रेम प्रसाद खनालले संयुक्त रुपमा गर्नेछन् ।
क्याटेगोरी : अर्थ, खेलकुद
प्रतिक्रिया