Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ खुल्यो


काठमाडौं, २१ माघ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आज (सोमबार) देखि आईपीअ बिक्री खुला गरेको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीअ निष्कासन गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रूपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न गरेको हो।

कम्पनीले ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ।

बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

कम्पनीको आईपीअमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

फागुन ५ गतेसम्म उक्त आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम रहेको जनाउँछ।

कम्पनीले सेयर जारी गरेपछि चुक्ता पुँजी ६० करोड रूपैयाँ पुग्ने भएको छ। यो उद्योगको लागि आवश्यकमध्ये ६७ प्रतिशत पुँजी ऋणबाट जुटाइएको हो। ३३ प्रतिशत पुँजी सेयरबाट जुटाइने भएको हो । ३३ प्रतिशतमध्ये ३० बराबर रकम सेयर जारी गरेर उठाइने भएको हो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट