Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

सेयर बजार दुई अङ्कले बढ्यो


काठमाडौं, २१ माघ । सेयर बजारमा सोमबार पनि हरियाली छाएको छ । आइतबार उच्च अंकले बढेको सेयरबजार सोमबार पनि २ अंकले बढेर २७ सय ३० को बिन्दुमा पुगेको छ ।

यसदिन कारोबार भएको आधा घण्टामा ३४ अंकले बढेको बजारमा कारोबार बन्द हुँदा २ अंकको मात्रै वृद्धि भयो । कारोबारमा आएका १ सय ३२ कम्पनीको मूल्य बढ्दा १ सय ६८ को भने घटेको छ ।

१९ कम्पनीको मूल्य यथावत रह्यो । यसदिन दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने दुईवटा कम्पनीमा नकारात्मक सर्किट लाग्यो ।

बजार बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । आइतबार १३ अर्ब बराबरको कारोबार भएकोमा सोमबार ११ अर्ब ८७ करोड ५९ लाखबराबरको कारोबार भयो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट