५ वर्षपछि भारतमा व्याजदर परिवर्तन

भारतको केन्द्रीय बैंक, रिजर्भ वैंक अफ इण्डिया (आरबीआई)ले पाँच वर्ष पछि पहिलो पटक व्याजदर घटाएको छ ।
सरकारले नयाँ बजेट घोषणा गरेको एक साता नवित्दै आरबीआईले आफ्नो रिपो दर ६.५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशतमा झारेको छ । रिपो दर भनेको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई ऋण दिने स्तर हो ।
चीन र जापानपछि एसियाको तेस्रो ठूलो अर्थतन्त्र रहेको भारतले आफ्नो आर्थिक वृद्धिदरमा आएको सुस्ततालाई रोकेर अर्थतन्त्रलाई बलियो बनाउन भन्दै ब्याजदर कटौती गरेको हो ।
भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को वृद्धिदर चार वर्षयताकै न्यून ६.७ प्रतिशतमा झरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया