Techie IT
Samayabaddha
बिहीबार, ८ फागुन, २०८१

जलविद्युत् आयोजनाको आईपीओ रोकिनु दुखद : कुलमान घिसिङ


काठमाडौं, ६ फागुन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत् आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रियामा घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत् क्षेत्रको विकास सम्भव भएको बताएका छन् ।

हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको घिसिङले बताए । उनले नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको जानकारी दिए ।

२८ हजार ५०० मेगावाट विद्युत् पुर्याउन प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पीपीए खोल्ने पक्षमा रहेको घिसिङले बताए ।

हाल पीपीए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए नखोलेको उनको भनाइ छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट