Techie IT
Samayabaddha
शुक्रबार, १६ फागुन, २०८१

सुनको मूल्य तोलामा आज २२ सय रुपैयाँले घट्यो


काठमाडौं, १६ फागुन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ कायम छ । बिहीबार ९फागुन १५० छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट