Techie IT
Samayabaddha
बुधबार, २१ फागुन, २०८१

सेयर बजारमा तीस अंकको गिरावट


काठमाडौं, २० फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३० अंकले घटेको छ । बजार ३०.३६ अंकले घट्दा समग्र बजार मापक २,८४६.३० विन्दुमा कायम भएको हो ।

आज ४१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १९८ कम्पनीको सेयरमूल्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्ला दुई दिन १४ अर्बको हाराहारी पुगेको कारोबार रकम मंगलबार १२ अर्बको हाराहारीमा झरेको छ ।

यसदिन १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटकमा खरिदबिक्री भयो ।

गार्डियन माइक्रो फाइनान्सको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर १३८२ रुपैयाँ कायम भएको छ ।

आत्मनिर्भर लघुवित्त, युनिभर्सल पावर, बरुण हाइड्रो, शिवश्री हाइड्रोलगायत कम्पनी धेरै कमाउनेको शीर्ष स्थानमा रहे ।

सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । १० प्रतिशतले मूल्य घट्दा १,२३३ रुपैयाँ कायम भएको छ । सिर्जशील लघुवित्त, नेपाल रिपब्लिक मिडिया, समाज लघुवित्त, अभियान लघुवित्त उच्च गुमाउने शीर्ष कम्पनीमा परे ।

३० अंक गिरावट देखिएको बजारमा समूहगतका सम्पूर्ण सूचक राताम्मे देखिए । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको सेयरमूल्य घटेको छ । यो समूह २।२१ प्रतिशतले घट्यो । यस्तै, फाइनान्स समूह २।१० प्रतिशतले घटेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट