Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

यस वर्ष चीनको जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने


यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर झन्डै ५ प्रतिशतको हाराहारीमा रहने प्रधानमन्त्री ली छ्याङले उल्लेख गरेका छन् । बेइजिङमा आजदेखि शुरू १४औं राष्ट्रिय जनकांग्रेस ९एनपीसी० को तेस्रो पूर्ण सत्रमा वार्षिक प्रतिवेदन पेश गर्दै जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने उल्लेख गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन विश्वमै स्थिर र गतिशील आर्थिक वृद्धिदर रहेको देश हो । यस्तै प्रतिवेदनमा सन् २०२५ मा शहरी बेरोजगारी दर झन्डै साढे ५ प्रतिशत रहने उल्लेख छ । प्रतिवेदनमा यस वर्षको बजेट खर्च २९७ ट्रिलियन युआन हुने र यो गएको वर्षको तुलनामा १२ ट्रिलियन युआनले बढी रहेको उल्लेख छ ।

चीनले मध्यम खुकुलो मौद्रिक नीति अपनाउनेछ । घरजग्गा र शेयर बजारको स्वस्थ विकासलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवप्रवर्तन, हरित विकास, उपभोगलाई प्रोत्साहन र निजी, साना तथा लघु उद्यमहरूलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्रीले १ करोड २० लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने, उपभोक्ता मूल्यवृद्धि २ प्रतिशत, अन्तर्राष्ट्रिय भुक्तानीको आधारभूत सन्तुलन, ७ खर्ब किलो अन्न उत्पादन लगायतका प्रतिबद्धता र लक्ष्यहरू प्रस्तुत गरेका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट