Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

अमेरिकी डलरको भाउ घट्यो, अरु मुद्राको विनिमय दर कति ?


काठमाडौं । अमेरिकी डलरको भाउ केही दिनदेखि घट्न थालेको छ । आज पनि डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ नौ पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

यस्तै यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ २० पैसा रहेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट