सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाडौं, २२ फागुन । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला एक लाख ७० हजार साँत सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपैयाँ कायम भएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया