Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

ट्रम्पले एक महिनाका लागि मेक्सिकोमाथि लगाएको आयातकर गरे स्थगित


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आउने सबै समानहरुमा लागू गरिने करलाई एक महिनाको लागि स्थगित गरेका छन् ।

उनले हिजो कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्दै मेक्सिको र क्यानडाका लागि घोषणा गरेको कर नीति एक महिनालाई स्थगित गरेका हुन् ।

ट्रम्प प्रशासनको निर्णयले आर्थिक योजनाअन्र्तगत ठूलो परिवर्तन गरेको जसले गर्दा बजार, व्यवसाय र उपभोक्ताहरूलाई असर गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबामबीच हिजो भएको छलफलपछि कर नीति लागू गर्न स्थगित गरिएको खबरमा उल्लेख छ ।

क्यानडाका प्रधानमन्त्री र राष्ट्रपति ट्रम्पबीचको टेलिफोन वार्ता र क्यानडाका अधिकारीहरू र ट्रम्प प्रशासनबीच भएको कुराकानीको आधारलाई पनि कर लागू गर्ने निर्णय पछि धकेलिएको अनुमान छ ।

यसैबीच यसअघि अमेरिकाले उच्च कर लगाएपछि क्यानडा, मेक्सिको र चीनले पनि करको बदला कर भन्दै कडा प्रतिक्रिया दिइरहेका छन् ।

यस्तो कर युद्धले विश्व अर्थतन्त्रमा असर पार्ने सङ्केत देखिएको छ भने वित्तीय बजार पनि अस्थिर भएका विज्ञहरुले बताएका छन् ।

अमेरिकी शेयर बजारमा गिरावट देखिएको छ भने एशियाली बजार पनि अस्थिर बनेका खबरमा उल्लेख छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट