Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

सुनको मूल्य बढ्यो


काठमाडौं, २५ फागुन । नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट