Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

नेप्से परिसूचक ४६ अंकले घट्यो


काठमाडौं, २५ फागुन । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४६.३३ अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार २,८०० विन्दु माथि रहेको परिसूचक आज २,८०० विन्दु तल बन्द भएको हो ।

आज १० अर्ब नौ करोड ३६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस दिन २४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २१७ कम्पनीको सेयरमूल्य घटेको छ । छ्याङ्दी हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य स्थिर छ ।

गार्गियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार ८३९ रुपैयाँ ४० पैसा कायम भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेका छन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट