Techie IT
Samayabaddha
सोमबार, २६ फागुन, २०८१

दोहोरो अंकले घट्यो सेयर बजार


काठमाडौं, २६ फागुन । सेयर बजार परिसूचक नेप्सेमा सोमबार पनि दोहोरो अंकले गिरावट आएको छ । आइतबर उच्च अंकले घटेको नेप्से आज २०.६८ अंकले घटेर २७५१.४२ अंक कायम भएको छ ।

आज कारोबारमा आएका ४४ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १९१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ ।

आज कुल १ करोड ५० लाख ९४ हजारभन्दा बढी कित्ता सेयर ८ अर्ब ३७ करोड ८० लाख ५५ हजारभन्दा बढीमा किनबेच भयो । त्यस्तै अन्य उपसमूहबाहेको अन्य सबै उपसमूहको सूचक पनि ओरालो लागेको छ ।

आज नेस्डो समृद्ध लघुवित्तका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् भने उपकार लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । आज नेपाल रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भयो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट