Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

आज सुनचाँदीको मूल्य घटेर कारोबार


काठमाडौं, २७ फागुन। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ९०० रुपैयाँ कायम छ । सोमबार ९फागुन २६० छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट