सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

काठमाडौं २८ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया