Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घट्यो


काठमडौं, ३ चैत । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार १०० रुपैयाँ कायम छ । गएको शुक्रबार सुनको हालसम्मकै उच्च भएको थियो । त्यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट