सेयर बजार सात अंकले घट्यो

काठमाडौं, ५ चैत । निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार पनि घटेको छ । आइतबार २१, सोमबार १० अंक घटेको बजारमा आज सात अंकले घटेको हो । आज नेप्से ७.६६ अंक घटेपछि २,६९७.०४ विन्दुमा झरेको छ ।
आज ८६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।
चार अर्ब ३४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबारमा पाँच अर्ब ८० करोडको सेयर किनबेच भएको थियो । मिथिल्ला लघुवित्त, हिमालय पावर पाटनर्स, भूगोल इनर्जी, पाँचथर पावर, धौलागिरी लघुवित्तको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे ।
समूहगत सचूकतर्फ अन्य इन्डेक्स ०।११ प्रतिशत बढ्दा बाँकी समूहको सेयरमूल्य घटेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया