नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनबारे छलफल

काठमाडौं । सरकारले कम्बोडियासँग सीधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ ।
कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनबारे छलफल गरेका हुन् । उनले कम्बोडियाका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल भयो ।
नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध परिपथसँगै धार्मिक एवम् पर्यटकीय सञ्जाल निर्माणबारे छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया