Techie IT
Samayabaddha
शुक्रबार, ७ चैत्र, २०८१

८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको व्यापार घाटा नौ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ६ दशमलव २२ प्रतिशतले बढेको हो ।

गएको साउनदेखि फागुनसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गएको आर्थिक वर्ष त्यही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँको वस्तु आयात भएको थियो । आयात अघिल्लो वर्षको तुलनामा ११ दशमलव २० प्रतिशतले बढेको छ ।

यस्तै साउनदेखि फागुनसम्ममा नेपालले एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा ५७ दशमलव २० प्रतिशतले बढी हो । निर्यातको ठूलो हिस्सा भटमासको तेल र सूर्यमुखीको तेल रहेका छन् । यी दुवै विदेशबाट कच्चापदार्थ ल्याएर यहाँ प्रशोधन गर्ने वस्तु हुन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट