सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं, ८ चैत । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको हो ।
जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने एक लाख ७६ हजार रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । बिहीबार दुई हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा एक हजार ९९५ रुपैयाँ कायम भएको हो ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया