Techie IT
Samayabaddha
सोमबार, १७ चैत्र, २०८१

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान


काठमाडौ, १५ चैत । नेपाली बजारमा सुनको मूल्यले एक सातामै नयाँ कीर्तिमान बनाएको छ । सुन आज एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ। बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली इतिहासमा सुनको मूल्य यो इतिहासकै उच्च हो। यसअघि ७ चैतमा १ लाख ७६ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट