सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ७७ हजार ९०० रुपैयाँ

काठमाडौं, १८ चैत । रेकर्ड तोड्दै उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर दुईहजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया