Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौं, १९ चैत । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै लगातार उकालो लागेको छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।

सोमबार (चैत १८) छापावाल सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आजअघि त्यो उच्च मूल्य थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट