Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईं नियुक्त


काठमाडौं, १९ चैत । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो। झापाका चापागाईंले लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रहेर काम गरेका छन् ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएको थिएन । पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट