Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

सुनको मूल्य तोलामा एक हजार नौ सय रुपैयाँले घट्यो


काठमाडौँ, २४ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो ।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७६ हजार चा्र सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा एक हजार आठ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७० रुपैयाँ कायम थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट