Techie IT
Samayabaddha
सोमबार, २४ चैत्र, २०८१

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो


काठमाडौं, २५ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ८०० रुपैयाँ कायम छ ।

यही चैत २१ गते सुनको मूल्य तोलाको हालसम्मकै उच्च एक लाख ८० हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट